जव जापानी पूर्वप्रधानमन्त्रीले नेपाली माैलीक खानाकाे स्वाद लिए…….

 

अगष्ट १ देखि बेइजिङमा सुरू भएको नेपाली खाना महोत्सवमा चिनियाहरुले नेपालका बिभिन्न माैलीक खानाकाे स्वाद लिएका छन । नेपाल-चीन दौत्य सम्बन्ध स्थापनाको ६३औं वार्षिकोत्सवका अवसरमा  १५ दिनसम्म चलेकाे साे फुड फेस्टिभलमा नेपालका माैलीक खाना राखिएकाे सहभागि नेपाल सेफ  संघका अध्यक्षक्यान अध्यक्ष  श्रीराम अधिकारीले जानकारी  दिनुभयाे ।

फुड फेस्टिभलमा  जापानका पूर्वप्रधानमन्त्री युकिओ हातोयामाले नेपाली खानाकाे स्वाद लिएकाे उहाले बताउनुभयाे ।

सन् १९५९ मा खुलेको मिन्चु होटलले हालसम्म ३४ वटा देशको खाना महोत्सव संचालन गरेको छ। यसअघि श्रीलंकाली फुड फेस्टिभल गरेको होटेलले नेपालको १५ दिने फुड फेस्टिभल सकिएपछि स्पेनिश फुड फेस्टिभल गर्दैछ। चार तारे होटलमा अधिकांश दैनिकजसो डिप्लोम्याट र भीआईपीहरू पुग्ने गर्थे। संयोगवश जापानी पूर्व प्रधानमन्त्री पनि नेपाली फुड फेस्टिभल चलिरहेकै बेला त्यहाँ पुगेका थिए।

 

नेपालप्रतिको उनको गहिरो भावनाले पनि आकर्षित गरेको हुनुपर्छ। त्यसैले त्यहाँ रहेका नेपाली भान्छेहरू र होटलभित्र राखिएका नेपाली संस्कृति झल्किने पोखरा, लुम्बिनी लगायत होडिङ बोर्डलाई पृष्ठभूमि पारेर फोटो पनि खिचाए।

सन् २०१७ को मार्च अन्तिमतिर जापानी पूर्वप्रधानमन्त्री हातोयामाले नेपालको भ्रमण गरेका थिए। नेपाल चेम्बर अफ कमर्सको निमन्त्रणामा नेपाल गएका उनले पोखराको भ्रमण गरेर व्यापारीहरूसँग अन्तर्क्रिया पनि गरेका थिए। सन् २००९ सेप्टेम्बरदेखि २०१० को जुनसम्म उनी जापानको प्रधानमन्त्री थिए। जापानका ९३औं प्रधानमन्त्री बनेका हातोयामा नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक थिए।

नेपालले लाभ लिनसक्छः नेपाली दूतावास
बेइजिङस्थित नेपाली राजदूतावासले पहिलो पटक नेपाली फूड फेस्टिभलको संयोजन गरेको हो। नेपाली खानेकुराको जानकारी दिन चिनियाँ मिडियाले पनि राम्रो कभरेज गरेकोमा दूतावास उत्साही छ। नेपाली पर्यटन प्रवर्द्धनका क्रममा संस्कृति अन्तर्गत नेपाली खानाको पनि प्रचार प्रसार गर्नु जरूरी देखिएको भन्दै दूतावासले आगामी गन्तव्य चीनको अर्को शहर छङ्तु रहेको बताएको छ।

चीनको उपभोक्ता बजार ठूलो भएकाले यहाँ नेपाली खानाको बानी बसाल्न सके ठूलो फाइदा हुने लम्सालको बुझाइ छ। उनले भने,‘संयोगवश जापानी पूर्वप्रधानमन्त्री पनि सोही होटेलमा पुगेको बेला नेपाली स्वादसँग रम्न पाए, त्यो भन्दा पनि बढी चिनियाँ सर्वसाधारणले नेपाली खानाबारे केही हदसम्म जानकारी पाए। अब होटलले केही परिकार समावेश गरिदियो भने नेपालबारे चिनियाँहरू अझै जानकार हुनेछन्।’

Read more...